पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय सेकुवा मेला

काठमाडौं, २३ भदौ। नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय सेकुवा मेला हुने भएको छ। रेष्टुराँ संस्कृतिमा लोकप्रिय मानिएको बाजेको सेकुवाले नेपालमा पहिलो पटक सेकुवा मेलाको आयोजना गर्न लागेको छ।

टुबोर्ग वियरको प्रायोजनमा काठमाडौंको भृकुटीमण्डपमा असोज ७ गते हुने अन्तर्राष्ट्रिय सेकुवा मेलामा झण्डै दुई दर्जन सेकुवाका परिकारहरु राखिने आयोजक टिमले जनाएको छ।

दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म चल्ने सेकुवा मेलामा प्रमुख आकर्षणको रुपमा मटन बार्बिक्यु रहने छ। मेलामा आउने आगन्तुकहरुले सेकुवासँगै पेयपदार्थ पनि सेवन गर्न पाउनेछन्।

मेलाका लागि १५ सय रुपैयाँको टिकटको मुल्य राखिएको छ। टिकट लिने आगन्तुकहरुले सेकुवा र एक पेय पदार्थ सेवन गर्न पाउने छन्। १२ वर्षमूनिका बालबालिकाहरुका लागि भने प्रवेशका लागि ९ सय रुपैयाँ तोकिएको छ।
सेकुवा मेलामा सांगीतिक प्रस्तुतिको पनि व्यवस्था रहने बताइएको छ।

 

Leave a Reply

Your email address will not be published.