स्वरोजगार लघुवित्त विकास बैंक अब १५ जिल्लामा

 

 

 

स्वरोजगार लघुवित्त विकास  बैंक ले आफ्नो थप कार्यक्षेत्र विस्तार को अनुमति २०७४ भाद्र ४  गते देखि नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ। १० जिल्ला कार्यक्षेत्र भएको   उक्त बैंक अब १५ जिल्लामा आफ्नो बैंकिंग कार्यक्रम  विस्तार गर्दै छ।

नेपाल राष्ट्र बैंक बाट घ वर्गको इजाजत पत्र प्राप्त उक्त बैंकको हाल सम्म ३५ ओटा शाखाबाट आफ्नो कारोबार गर्दै आएको छ। नया अनुमति पाएको  ५ जिल्लाहरुमा अर्घाखाँची ,गुल्मी,पाल्पा ,धादिङ र नुवाकोट रहेको उक्त बैंकका प्रशाशन प्रमुख श्रीराम रोक्का  ले हाम्रोपाटीका पत्रकार आदित्य कृष्ण  संगको कुराकानी को क्रममा बताउनु भएको छ  ।

यस बैंकले साउन महिना सम्ममा ४४,३६७ जना सदस्यबाट रु ४८,९१,२२,०५५ बचत उठाई रु १,३३,८५,५९,९४३ रकम लगानी गरि सेवा दिदै आएको छ ।बचत ऋण को साथै उक्त बैंक ले आफ्नो सदस्यहरु लाई विभिन्न सिपमुलक तालिम पनी प्रधान गर्दै आएको प्रशाशन प्रमुख  ले बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published.