आर्थिक समाचार: जहाज किन्न सञ्चय कोषसँग ऋण सम्झौता

आर्थिक समाचार: जहाज किन्न सञ्चय कोषसँग ऋण सम्झौता

काठमाडौं,जेठ २९ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) जहाज खरीद गर्न कर्मचारी सञ्चय कोषसंग १२ अर्ब रुपैयाँ बराबरको ऋण सम्झौता गरेको छ । उक्त ऋणको ब्याजदर वार्षिक ९ प्रतिशत तोकिएको छ ।

नागरिक दैनिकले जहाज किन्न सञ्चय कोषसँग १२ अर्बको ऋण सम्झौतालाई मुख्य समाचार बनाएको छ । दरखास्त दिएका १० प्रतिशत परीक्षामा सहभागी भएनन्लाई नागरिकले मुख्य समाचार बनाएको छ । त्यस्तै किसानले रासायनिक मल नपाएकाे विषयलाई पनि नागरिकले लेखेको छ ।

निर्यात प्रोत्साहन रकम खर्च भएनलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ ।त्यस्तै धान रोप्ने बेला मल अभावलाई पनि अन्नपूर्णले मुख्य समाचार बनाएको छ ।नेपाल बर्डफ्लु मुक्तलाई पनि अन्नपूर्णले लेखेको छ ।

हेटौडामा १ सय ३५ हेक्टरमा नयाँ औद्योगिक क्षेत्र निर्माणको तयारी सन्दर्भमा नयाँ पत्रिका दैनिकले डिपिआरको काम सुरुलाई मुख्य समाचार बनाएको छ । सोलुखोला दुधकोसी आयोजना इटालियन कम्पनिले बनाउनेलाई पनि नयाँ पत्रिकाले लेखेको छ । सेन्चुरीले गाभ्यो इन्नोभेटिभ र अरनिकोलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

वर्षदिनमा ४४४ जनाले चढे सगरमाथालाई गोरखापत्र दैनिकले मुख्य समाचार बनाएको छ । माथिल्लो तामाकोसीको ८८ प्रतिशत निर्माण सम्पन्नलाई पनि गोरखापत्रले लेखेको छ ।

Leave a Reply

Your email address will not be published.