उद्योग वाणिज्यको समानान्तरमा अर्को संघ दर्ता गरिँदै

उद्योग वाणिज्यको समानान्तरमा अर्को संघ दर्ता गरिँदै

उद्योग वाणिज्य संघ सुर्खेतले व्यवसायीको हकहितमा काम नगरेको भन्दै संयुक्त व्यवसायी समूहहरुले विकल्प रुपमा नयाँ संठगन दर्ता गर्ने तयारी जुटेको छन् ।  वीरेन्द्रनगरमा संयुक्त व्यवसायी समूहले पत्रकार सम्मेलन गरेर सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतबाट अलग हुने घोषणा गरेको हो । सबै व्यवसायीहरुको हकहितमा सुर्खेत उद्योग बाणिज्य संघले काम नगरेको भन्दै नयाँ संघ दर्ता गर्न लागेको संयुक्तको भनाई छ ।

man news pp

उद्योग वाणिज्य संघ सुर्खेतमा नेतृत्व गरेको टिमले व्यवसायी हकहित विपरीत आफ्नो स्वर्थ पूर्तिका लागि काम गरेको आरोप संयुक्तको छ । तर सयुक्तले सबैका हकहितमा काम गर्ने उद्देश्यले नयाँ संगठन दर्ता गर्न लागि जानकारी दिएको छ । उद्योग वाणिज्य संघ सुर्खेतभित्र राजनैति मौलाएको कारण ठुलो संख्याका सुयंक्त व्यवसायीहरु बाहिएर नयाँ संघ खोल्ने तयारीमा पुगेको उनीहरुको कथन छ ।

पत्रकार सम्मेलनमा संयुक्तले उद्योग वाणिज्य संघको विकल्पका रुपमा नयाँ संघको विस्तार गरेर काम गर्ने जनाएको छ । व्यवसायी समूहले आगामी भदौ १ गतेदेखी उद्योग वाणिज्य संघले व्यवसायीहरुबाट उठाउँदै आएको सवारी, प्रवेश सेवा शुल्क, सदस्यता नविकरण, फर्म दर्ता शुल्क लगायत कुनै पनि शुल्क नबुझाउने उद्घोष गरेको छ ।

साथै सबै उद्योगी व्यवयासीहरुले सवारी प्रवेश सेवा सहयोग र फर्म दर्ता सिफारिस वर्तमान नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनमार्फत काम गर्ने तथा व्यवसायीको छाता संगठनको रुपमा नयाँ संघ दता गर्ने, व्यवसायीका हकहितमा काम गर्ने लगायतको निर्णय पनि गरेको छ ।

त्यस्तै, कार्यक्रममा संयुक्त व्यवसायी समूह सुर्खेत संयोजक विष्णुबहादुर शाहीले उद्योग वाणिज्य संघमा नेतृत्व गर्नेहरुले व्यवसायी हक हितभन्दा पार्टीको राजनीतिकका कारण आफुहरु नयाँ सगठन दर्ता गर्न लागेको जानकारी दिए । उनले आगामी भदौ १ गते देखी संयुक्त व्यवसायी समूहले छुट्टै रुपमा काम गर्ने बताए ।

नयाँ संघ दर्ता नभएसम्म नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको चिठी र रसिद प्रयोग गरेर काम अगाडी बढाउने शाहीले जानकारी दिए । ‘नाम कुन राख्ने विषयमा टुङ्गो लागेको छैन’ शाहीले भने,– ‘सबै व्यापारीहरुको सहमतिमा छिट्टै नयाँ नाम घोषणा गर्ने अन्तिम तयारीमा पुगको छौं ।’ तत्कालका लागि नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन राख्ने विषयमा छलफल भएको पनि उनले जानकारी दिए । साथै सुर्खेत उद्योग वाणिज्य संघको नेतृत्वले सिडिओ र प्रहरीको मिलोमतोमा ४ सय ७ ओटा गैर–व्यापारीहरुलाई सदस्यता वितरण गरेको आरोप लगाएको छ । निर्वाचनमा गरिएको धाँदलीदेखि पछिल्ला गतिविधिहरुमा एक्लौटी, संयुक्त व्यवसायी समूहसंग गरिएको सहमति, सम्झौताको कार्यान्वयन नभएका कारण गम्भिर कदम उठाइएको छ ।

यता, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले आफूहरु माथि लागेको आरोप गलत भएको बताएका छन् । सवै व्यापारीहरुको हक हित र समस्याका बारेमा सधै कटिवद्ध रहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले पूर्वाग्राही राखेर छुट्टै संघ खोल्नुको कुनै तुक नभएको बताए । ‘उनीहरुको चुनावी धङधङी अझै गएको छैन् ।’ अध्यक्ष अधिकारीले भने,– ‘हामीले कहाँ गल्ति ग¥यौं, संवाद सहकार्यबाटै अघि जाउ भन्दा पनि मान्नु भएको छैन् ।’ तर संघले अहिलेसम्मकै उत्कृष्ट कामहरु गर्दा पनि विभिन्न आरोप र टिकाटिप्पणी गर्नु दुर्भाग्य भएको भनाई अधिकारीको छ ।

‘हामी अझै बहस र संवादबाट अगाडी बढ्न आतुर छौं । पूर्वाग्राही भावना त्यागेर आउनुहोस् ।’ अधिकारीले थपे,–‘अनावश्यक तर्क राख्दै बखेडा झिकेर व्यापारीहरुको हकहित र समस्या पहिचान हुँदैन् ।’

Leave a Reply

Your email address will not be published.