बलिउडको ५ चर्चित हट किसिङ्ग सिनहरु, जुन रातारात भाइरल भए

बलिउडको ५ चर्चित हट किसिङ्ग सिनहरु, जुन रातारात भाइरल भए

भ्यालेन्टाइन विकको हरेक दिन फरक नामबाट चिनिन्छ र यस्तै एक दिन किस डे पनि छ। वास्तवमा प्राय: चुम्बनलाई बलिउडमा फिल्महरु हिट बनाउनको लागि प्रयोग गरिन्छ। यहाँ सम्म कि केही सिनहरु फिल्मका लागि गरिएको थियो, ती सिनहरु पनि यादगार बने। आउनुहोस त्यसोभए यो दिनलाई अझ बढी विशेष बनाउन हामी तपाईलाई आज रियल लाइफमा बलिउड स्टार्सले खुल्लम-खुल्ला गरिएको प्रेमको तस्वीरहरु देखाउनेछौँ जुन रातारात भाइरल भएको थियो।

ऋतिक रोशन र रेखा:- ऋतिक रोशनसँगको रेखाको लगाव कोही सँग पनि लुकेको छैन। रेखा ऋतिक जस्तै अभिनेताको असाध्यै मन पराउछिन र तिनका तारिफ गरेर कहिल्यै थाक्दैन। केही वर्ष पहिले रेखा समारोहमा गएकी थिईन र त्यहाँ उनको भेट ऋतिक भएको थियो। त्यस समयमा रेखा र ऋतिक रोशनको किस गरिरहेको तस्वीर कैद भएको थियो जुन रातारात भाइरल भयो।

बिपाशा बासु र करन सिंह ग्रोवर:- बिपाशा बासुले ७ जनवरीमा आफ्नो ३९ औं जन्मोत्सव मनाएकी थिईन। यस जन्मदिनलाई विशेष बनाउनको लागि उनको पति तथा अभिनेता करन सिंह ग्रोवरले भव्य पार्टीको आयोजना गरे। यस पार्टीको समयमा करणले बिपासालाई सबैको अगाडी किस गरे।

अमिताभ र जया:- यस सूचीमा बलिउडको महानायकको नाम पनि समावेश गरिएको छ। उनले एक अवार्ड वितरणको समयमा जया बच्चनलाई खुलेआम किस गरेका थिए। यो तस्वीर धेरै समाचारको विषयवस्तु बनेको थियो। रोचक कुरा यो हो कि जुन कार्यक्रममा यो सबै भएको थियो त्यसमा रेखाको पनि उपस्थिति थियो।

मीका सिंह र राखी सावंत:- मीकाको चुम्बनको चर्चा अहिले पनि सबैको जिब्रोमा छ। केही वर्ष पहिले मीकाले आफ्नो जन्मदिनको पार्टीमा सबैलाई बोलाएका थिए जसमा राखी पनि पुगेकी थिईन। पार्टीको समयमा मीकाले रक्सी सेवन गर्न थाले र अचानक राखीलाई समातेर किस गर्न थाले। त्यस पछि राखीले मिडियामा बबाल मच्चाएकी थिईन। यसै पार्टीमा राखीको प्रेमी अभिषेक पनि थिए।

शिल्पा शेट्टी र रिचर्ड गेयर:- केही वर्ष पहिले रिचर्ड र शिल्पा मानिसहरुलाई एड्स बारे जागरुक गर्नका लागि एक समारोहको मञ्चमा गएका थिए। यो कार्यक्रम राजस्थानमा आयोजित गरिएको थियो। त्यस समयमा रिचर्डले शिल्पालाई जबर्जस्ती किस गरेको देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published.