‘कृ’ अाजबाट दर्शकमाझ

‘कृ’ अाजबाट दर्शकमाझ

काठमाडौं : नेपाली चलचित्र उद्योगमा अहिलेसम्मको सबैभन्दा प्रतीक्षित चलचित्रका रूपमा कुरिएको अनमोल र अदिति स्टारर चलचित्र ‘कृ’ शुक्रबारबाट दर्शकमाझ आएको छ ।

यो चलचित्रले गर्ने व्यापारलाई नेपाली चलचित्रको टर्निङ पोइटका रूपमा पनि हेरिएको छ।दृश्यका मागअनुसार छायांकन गरिएको र कलाकारलाई दृश्यअनुसार तयार गर्न पनि लामो समय खर्चिएको हुनाले चलचित्रको लागत सामान्यभन्दा निकै बढी छ।त्यसैले यसले गर्ने व्यापारलाई हेरर चलचित्रमा लगानी वृद्धि गर्न सकिन्छ कि सकिँदैन भन्ने मूल्यांकन गर्ने सोचमा निर्माता छन् ।

दुई वर्षको अन्तरालपछि अनमोल कृमार्फत रजतपटमा फर्केका हुन्।दृश्यअनुसार अनमोललाई तयार गर्न लामो समय लागेको हुनाले अनमोललाई मैदानमा फर्कन दुई वर्ष लागेको हो।चलचित्रको छायांकन नै तीन चरणमा गरिएको छ।यसअघिका चलचित्रमा लभर ब्वाईको भूमिकामा देखिएका उनी यो चलचित्रमा ‘एङ्ग्री एक्सन स्टार’ का रूपमा प्रस्तुत हुँदैछन्।चलचित्रको पहिलो चरणको छायांकनका लागि उनले आफ्नो शरीर तयार गर्न समय लगाए।त्यसपछिको छायांकनका लागि उनको शरीर घटाउनु पर्‍यो भने पछिल्लो रोमान्टिक गीतका लागि त्यहीअनुसारको शरीर बनाएका थिए ।

दर्शकको कौतुहलका लागि उनले आफ्ना घेरै लुक्स गोप्य राखेका छन्।तर, चलचित्रको ‘जनि नजानी माया’ बोलको गीतमा भने दर्शकले उनको दुई साताअघिको लुक्स नै हेर्न पाउने छन्।यो गीत दुई साताअघि स्कटल्यान्डका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको थियो।गीतमा अनमोल र अदितिलाई विक्रम तामाङ र एन्जिला खत्रीले निर्देशन गरेका छन्।यो गीत पुरुषोत्तम प्रधानले खिचेका हुन्।‘जानी नजानी माया’ बोलको गीतमा रोदित भण्डारी र विशेष पाण्डेको संगीत भने रोदितले गाएका हुन् ।

चलचित्रमा अनमोल कहीँ कतै सेनासँग जोडिएको भूमिकामा छन्।रिभेन्ज र राष्ट्रियतासँग पनि चलचित्रलाई जोडेर हेरिएको छ।चलचित्र सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन् भने सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

चर्चा धेरै भएकै कारण चलचित्रले मल्टिप्लेक्समा अत्यधिक सो पाएको छ भने सिंगल थिएटरमा धेरै स्थान पाएको छ।नेपालको प्रदर्शन सुरु भएलगत्तै विभिन्न देशमा चलचित्रको प्रदर्शन तय भइसकेको छ।जापानका विभिन्न १० सहरमा कृ रिलिज गर्न लागिएको छ।फिल्म कृ रिलिजका लागि नेपाललगत्ततै फिल्मको टिम जापान प्रस्थान गर्नेछ।जापानमा कृलाई ओम शान्ति इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो।इन्टरटेनमेन्टका तर्फबाट ईश्वर श्रेष्ठ र सुवास लामिछानेले फिल्मको व्यवस्थापन गर्नेछन्।विशेष सोमा अनमोल, अदिति र निर्माता भुवन जापान जानेछन् ।

कृसँगै बलिउड अभिनेता अक्षय कुमार अभिनीत बलिउड फिल्म ‘प्याडम्यान’ पनि प्रदर्शनमा आउने भएको छ।यो फिल्म गोपीकृष्ण मुभिजले नेपाल रिलिज गर्न लागेको हो ।

सामाजिक र महिलाको विषयमा बनेको ‘प्याडम्यान’ र दुई वर्षपछि पर्दामा देखिन लागेका अनमोलको कृबीच भिडन्त हुने भएको छ।क्यूएफएक्सले ‘कृ’ लाई १८ सो दिएको छ भने ‘प्याडम्यान’लाई १३ सो दिएको छ ।

Leave a Reply

Your email address will not be published.