चलचित्र ‘जात्रा’ युट्युबमा पनि हिट (फिल्म सहित)

चलचित्र ‘जात्रा’ युट्युबमा पनि हिट (फिल्म सहित)

काठमाडौं– प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘जात्रा’ युट्युबमा पनि हिट बन्नै गएको छ । नेपालको युट्युब ट्रेन्डिङमा नम्बरमा एकमा आईपुगेको छ ।

नेपाली सिनेमा हलमा ५१ दिन मनाउन सफल रहेको ‘जात्रा’चलचित्र हाइलाइट्स नेपालको युटुब मार्फत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङमा नम्बरमा एकमा आएको हो । यो समाचार तयारपर्दा चलचित्र ११ लाख भन्दा धेरै पटक हेरिएको छ । कतारको ट्रेडिङ २, दुबईको ट्रेडिङ ४, अस्ट्रेलियाको ट्रेडिङ २० मा रहेको छ ।

जात्रा’ एक डार्क कमेडी चलचित्र हो । यसमा असनका तीन व्यपारीको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा पैसा भएपनि समाल्न नसकेपछिको समस्यालाई जात्राको रुपमा देखाइएको छ । असनमा व्यवसाय गरेर बसेको व्यपारीलाई मूख्य विषयवस्तु बनाइएको छ ।

जात्रामा वर्षा र प्रेक्षासँगै विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रविन खतिवडा, कमलमणि नेपाल, प्रियंका झा, भोलाराज सापकोटा, निलकाजी शाक्य, साजन थापा मगर, सुरेश कार्की, सफर पोखरेल लगायतको अभिनय रहेको छ। रविन्द्रसिंह जात्राको कार्यकारी निर्माता हुन् भने सिंगे लामा र यादव पौडेल निर्माता हुन्।

Leave a Reply

Your email address will not be published.