४०० करोडमा बनेको रजनीकान्तको ‘2.0’ को ट्रेलर हुदै!

एजेन्सी, सुपरस्टार रजनीकान्त र अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र ‘2.0’ अब छिट्टै नै रिलिज हुने भएको छ । दर्शकहरुको कौतुहलतालाई मध्यनजर गर्दै निर्माता यस चलचित्रको ट्रेलरलाई चलचित्र रिलीज हुनुभन्दा पहिले दर्शकलाई देखाउन चाहान्छन् । उनीहरुको मान्यता अनुसार यो ट्रेलरले चलचित्रको सफलता र असफलता दुवैलाई निर्धारित गर्न सक्छ ।
यस चलचित्रको ट्रेलरलाई अहिलेसम्म जतिले हेरे सबैले मन पराएका छन् । ट्रेलर सार्वजनिक रुपमा भने फेब्रुअरीमा रिलिज गरिनेछ । चलचित्रको रिलीज डेटमा गरिएको परिवर्तन पछि अब २७ अप्रिलमा बक्स अफिसमा रिलीज गरिनेछ । वास्तवमा १४ अप्रिलमा तमिल न्यू ईयर रहेको छ, त्यसैले चलचित्रलाई बिदाको पनि फाईदा मिल्नेछ । चलचित्रलाई लगभग ४०० करोडको बजेटमा बनाईएको छ जसको कारणले ट्रेड यसबाट राम्रो कमाई हुने आशा बोकेको छ ।

Leave a Reply

Your email address will not be published.