यस्ताे छ ‘दर्पणछायाँ २’ काे टाइटल गीत

 काठमाण्डौ ,फिल्म ‘दर्पणछायाँ २’ को टाइटल गीत रिलिज भयको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र पुष्पल खड्का र सहारा कार्की फिचरिङ भएका छन् ।darpanchaya-2 यसमा शब्द सबु रवीको छ भने आवाज राजेश पायल राइ र मेलिना राईले दिएका छन् । गीतमा पुरानासंगै नयाँ बाजा पनि देखाइएको छ । नेपाली फिल्मनगरीमा इतिहास रच्ने फिल्ममा पर्छ ‘दर्पणछायाँ’ यसैको सिक्वेल ‘दर्पणछायाँ २’ नाम राखिएको यस फिल्मलाई तुलसी घिमिरेले नै निर्देशन गरेका छन् । ‘दर्पण छायाँ २’ फागुन २७ मा रिलिज हुने भएको छ । फिल्ममा पुष्पल र साहारासंगै श्रद्धा प्रसाई ,फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोनी केसी लगायतका कलाकारको पनि अभिनय छ । फिल्मलाई सबु कार्की र रबि कार्कीले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.