काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानीस मर्ने, यस्तो छ अध्ययन प्रतिबेदन

काठमाडौंमा फेरी भूकम्प गए २२ हजार भन्दा बढी मानीस मर्ने, यस्तो छ अध्ययन प्रतिबेदन

काठमाण्डौंमा फेरी ७.८ रेक्टर स्केलको भुकम्प गएमा ७ खर्ब ६६ अर्ब रुपैया बराबरको क्षतिहुने एक अध्यायनले देखाएको छ । तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए काठमाण्डौंमा फेरी गएमा यति क्षति हुने अध्ययनले देखाएको हो । यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ । सहरी विकास […]

विराटनगर  भन्सार राजस्वको १० करोड हिनामिना

विराटनगर  भन्सार राजस्वको १० करोड हिनामिना

विराटनगर  – भन्सार महसुलबापतको करोडौं रकम बैंकमा जम्मा नगरी हिनामिना गरेको खुलेपछि कारबाही थालिएको छ । दुई भन्सार एजेन्टले महसुलबापत दिनुपर्ने रकम बराबरको चेक बुझाए पनि सम्बन्धित बैंक खातामा पर्याप्त रकम उपलब्ध नभएपछि अनियमितता खुलेको हो । आयातित सामानको ‘क्लियरिङ’ गर्दा बैंकमा जम्मा गर्नुपर्ने करोडौं रकम जम्मा नगरी हिनामिना गरेको आरोपमा प्रहरीले विराटनगर भन्सार परिसरमा रहेको राष्ट्रिय […]

अर्थतन्त्रको अवस्था चिन्ताजनक: शोधनान्तर घाटा बढ्यो, रेमिटेन्स आधा प्रतिशत ले घट्यो

अर्थतन्त्रको अवस्था चिन्ताजनक: शोधनान्तर घाटा बढ्यो, रेमिटेन्स आधा प्रतिशत ले घट्यो

नेपाल राष्ट्र बैंकले मूल्य बृद्धिको लक्ष्य सात प्रतिशतबाट झारेर ६ प्रतिशतमा ल्याउन सफल भए पनि अन्य अर्थतन्त्रका सुचकांकहरु खराव हुँदै गएको तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सोमबार चालु आर्थिक बर्षको पुस मसान्तसम्मको विवरण सार्वजनिक गर्दै अवस्था चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको हो। आर्थिक बृद्धिको ७.२ प्रतिशतको लक्ष्य पुरा हुँदैन। कृषि क्षेत्रको बृद्धिमा गिरावट आएको […]

प्रधानमन्त्री ओलीलाई घेराबन्दी गर्न पुगेका एमाले नेताहरुले निवासमै भेट्न पाएनन्

प्रधानमन्त्री ओलीलाई घेराबन्दी गर्न पुगेका एमाले नेताहरुले निवासमै भेट्न पाएनन्

काठमाडौं । विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग महासचिव इश्वर पोखरेलले प्रभावशाली मन्त्रीमा नियुक्ति लिने तयारी गरिएको थियो । एमालेका केही शिर्ष नेताहरु अध्यक्ष ओलीसँगै सरकारमा महासचिव जाने अनौपचारिक निर्णय समेत भइसकेको थियो । महासचिव पोखरेल मन्त्रि बन्ने सूचना प्रधानमन्त्री ओलीका अति विश्वासिला पोलिटब्यूरो सदस्य बिष्णु रिमालले आफु निकटका पत्रकारहरुलाई बताइन पनि सकेका थिए । तर […]

राष्ट्रपतिमा प्रचण्डको रोजाइः भए माधव नेपाल, नभए विद्या भण्डारी

राष्ट्रपतिमा प्रचण्डको रोजाइः भए माधव नेपाल, नभए विद्या भण्डारी

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन आयोगले फागुन २१ को मिति प्रस्ताव गरिसकेको छ । यदि आयोगले प्रस्ताव गरेको मितिभित्रै राष्ट्रपतिको निर्वाचन गर्ने हो भने वाम गठबन्धनका लागि अब उम्मेदवार चयन गर्न तीन साताको समय पनि छैन । यसवीचमा सांसदहरुको सपथ ग्रहण पनि बाँकी नै छ । एमालेले आफ्नो भागमा प्रधानमन्त्री पाइसकेको छ । […]

नयाँ सरकार गठनसँगै नवराज सिलवाल प्रकरण के हुन्छ ?

नयाँ सरकार गठनसँगै नवराज सिलवाल प्रकरण के हुन्छ ?

काठमाडौं । बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको तयारी गर्दैगर्दा पूर्वडीआईजी नवराज सिलवालले ट्वीट गरे, ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’ मुलुकले उन्मुक्ति पायो पाएन त्यो भोलिका दिनले बताउँला । तर, एमाले सांसद […]

मनमोहनले देखाएको बाटोबाट अघि बढ्छुः प्रधानमन्त्री ओली

मनमोहनले देखाएको बाटोबाट अघि बढ्छुः प्रधानमन्त्री ओली

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले देखाएको बाटोबाट आफू अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा रहेको अधिकारीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै नवनियुक्त प्रधानमन्त्री ओलीले स्वर्गीय मनमोहन अधिकारीको निष्ठा, दृढता र जनताप्रतिको बफादारिता र इमान्दारितालाई पदसँग तुलना गर्न नमिल्ने […]

राष्ट्रपतिमा खनाल र नेम्वाङको इच्छा तर ओली बिद्यादेवी भण्डारीकै पक्षमा

राष्ट्रपतिमा खनाल र नेम्वाङको इच्छा तर ओली बिद्यादेवी भण्डारीकै पक्षमा

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार ‘वान टु वान’ वार्तामा राष्ट्रपति र उपराष्ट्रपतिको बिषयले प्रवेश पाउने भएको छ । पार्टी एकता, सरकारको पूर्णता, राष्ट्रियसभामा तीनको सिफारिस र राष्ट्रपति तथा उपराष्ट्रपतिका बिषयमा दुई नेताबीच छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए । दुई नेताबीच वान […]

सत्ता सम्हालेको पहिलो दिनमै यी मुख्यमन्त्रीले गरे चमत्कार

सत्ता सम्हालेको पहिलो दिनमै यी मुख्यमन्त्रीले गरे चमत्कार

रासस –  संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ । पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो । मुख्यमन्त्री पोख्रेलले प्रदेश नं ५ का जिल्लाको विकासमा समान हिसाबले अघि बढ्ने सरकारको योजनासमेत रहेको र जनचाहनालाई सम्बोधन […]

नेपाली टेलिभिजनमा पहिलो पटक ‘को बन्छ करोडपति’ आउँदै

नेपाली टेलिभिजनमा पहिलो पटक ‘को बन्छ करोडपति’ आउँदै

काठमाडौं। एपी वान टेलिभिजनबाट अर्को अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो ‘को बन्छ करोडपति’ आउने भएको छ । बेलायतको शो ‘हु वान्ट्स टु बि अ मिलियनेयर’को भारतीय संस्करण ‘कौन बनेगा करोडपति’ हुँदै अब नेपाली संस्करण ‘को बन्छ करोडपति’ आउने एपी वान टेलिभिजनले एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको छ । केबीसी नेपालकै पहिलो एचडी टेलिभिजनमा एसआरबीएन मिडियाको […]