पैसावालको टिकट खोस्न राजपाका नेताहरु अनशनमा

काठमाडौं, कात्तिक २ । पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ । पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको विरोधमा महासचिव केशव झा सहित केन्द्रीय नेता पार्टी मुख्यालय बबरमहलमा अनशन बसेका छन् । झाको नेतृत्वमा नेताहरु बुधबार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन् […]

थारु बहुल क्षेत्रमा कांग्रेस बलियो

काठमाडौं, कात्तिक २ । नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाति भएपछि दाण्को एउटा निर्वाचन क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ । यो एकिकरणले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसलाई मजबुत बनाएको छ । यो खबर आजको नागरिक दैनिकमा छ । यी दुई पार्टीबीच एकिकरण भएसँगै कांग्रेस यो क्षेत्रमा प्रभावशाली उपस्थिति जनाउने आकलन गरिएको छ […]

सरकारी कार्यालय खारेज अन्‍योलमाः हुँदैछ यस्तो चलखेल

काठमाडौं, कात्तिक २ । केन्द्रीकृत शासन प्रणालीअन्तर्गत स्थापित करिब तीन दर्जन सरकारी कार्यालयमध्ये दुई दर्जन कार्यालय खारेज हुने सूचीमा परे पनि सरकारले अहिलेसम्म खारेज प्रक्रिया अघि बढाउन सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ । कामकाज प्रभावित दुई वर्षअघि नै खारेज हुनुपर्ने कार्यालय यथावत् छन् । ती कार्यालय खारेज गरी तिनले दिने सेवा र […]

दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते

दमक, कात्तिक २ । मोटरसाइकल र म्याजिक भ्यान जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधबार दुवै सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा घाइते […]

तिहारलगत्तै माओवादी मन्त्रीको राजीनामा

काठमाडौं, कात्तिक २ । नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन दर्ता भएसँगै माओवादी केन्द्रका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् । यसअघि २९ असोजमा समानुपातिकतर्फ मनोनयन सम्पन्न भइसकेको छ भने […]

सरकारी कार्यालय खारेज अन्योलमा

काठमाडौं, कात्तिक २ । केन्द्रीकृत शाषन प्रणालीअन्तर्गत स्थापित करिब तीन दर्जन सरकारी कार्यालयमध्ये दुई दर्जन कार्यालय खारेज हुने सूचीमा परे पनि सरकारले अहिलेसम्म खारेज प्रक्रिया अघि बढाउन सकेको छैन । दुई वर्षअघि नै खारेज हुनुपर्ने कार्यालय यथावत् छन् । ती कार्यालय खारेज गरी तिनले दिने सेवा र काम स्थानीय तहबाट हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि […]

अनुदानको चामल बिक्री गर्दै खाद्य संस्थान

काठमाडौं, कात्तिक २ । सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा निःशुल्क दिने भनेको २० किलो चामलमा नेपाल खाद्य संस्थानका कर्मचारीले रकम असुल्ने गरेका छन् । २०७३ भदौ २३ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले संसदमा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदान दिने घोषणा गरेका थिए । त्यसअनुरुप हुम्लासहित कर्णालीको मुगु, जुम्ला, कालिकोट र डोल्पामा खाद्य संस्थानका […]

स्थानीयबासीले गरे गाउँपालिकाका लागि सत्र रोपनी जग्गा दान

इलाम, कात्तिक १ । सन्दकपुर गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयबासीले करिब रु ३४ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले सन्दकपुर गाउँपालिका–२ देउराली बजार आसपास १७ रोपनी जग्गा दान गरेका हुन् । दिनेश सुवेदी र कृष्ण सुवेदीले पाँच रोपनी, नेत्र सुवेदीले चार रोपनी, देउराली बजार व्यवस्थापन समितिबाट तीन रोपनी, […]

यसकारण दिएनन् माओवादी मन्त्रीले राजीनामा

काठमाडौं, कात्तिक १ । सामूहिक राजिनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरु किन एकाएक रोकिए रु मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासामू राजिनामाको टुंगो लगाएका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीचैमा निर्णय फेरबदल गरेपछि सबैको मनमा जिज्ञासा उठेको छ । त्यसको मुख्य कारक वाम गठबन्धनले चुनावको अनिश्चयलाई बनाएको छ । सर्वोच्च अदालतमा विचाराधिन मतपत्रसम्बन्धी एक मुद्दामा चुनावको […]

बिहेको पाँच दिनपछि वेहुला हराएपछि।

अर्घाखाँची, कात्तिक १ । बिहेलगत्तै बेहुला हराएपछि आफन्तहरु चिन्तित बनेका छन् । पाणिनी गाउँपालिका ५ मैदानका ३० बर्षीय बेहुला हरिप्रसाद भट्टराई बिवाह भएको पाँच दिनपछि असोज २२ गते दिउँसो सन्धिखर्कबाट बेपत्ता भएका थिए । हराएको आठ दिन भएसक्दा पनि उनको बारेमा कुनै जानकारी आउन नसकेको आफन्तले बताएका छन् । सोही गाउँपालिका ४ पटौटीकी २१ बर्षीया […]

1 2 3 459