यस्ता छन् सन् २०१७ का मुख्य घटना

यस्ता छन् सन् २०१७ का मुख्य घटना

काठमाडौं, पुस १७ । सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए । उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले […]

दक्षिण अफ्रिका मानव तस्करको नयाँ गन्तव्य

काठमाडौं, पुस १७ । मानव तस्करले दक्षिण अफ्रिकालाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन् । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोगमा एक पक्राउ परेपछि यो तथ्य खुलेको हो । कलंकीस्थित क्यारियर हब इजुकेसन कन्सल्टेन्सीका सञ्चालक ३५ वर्षीय चित्रप्रसाद ढुंगेल मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् । उनलाई नेपाल […]

रोनाल्डोले जिते चौथोपटक ‘ग्लोब सकर अवार्ड’

रोनाल्डोले जिते चौथोपटक ‘ग्लोब सकर अवार्ड’

युएई, पुस १४। रियल मड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले वर्षको उत्कृष्ट खेलाडी बन्दै ‘ग्लोब सकर अवार्ड’ जितेका छन् । बिहीबार राति युएईमा भएको एक कार्यक्रममा रोनाल्डोले ‘ग्लोब सकर अवार्ड’ पाएका हुन् । युरोपियन क्लब एसोसियसन र युरोपियन एसोसियसन अफ प्लयेर्स एजेन्टसले वार्षिक प्रदान गर्दै आएको यो अवार्डमा रोनाल्डोले चौथोपटक जितेका हुन् । रोनाल्डोले यसअघि […]

चीनले किन गर्यो १३ हजारभन्दा बढी वेबसाइट बन्द

काठमाडौं, पुस १३ । चीनले हालसम्म १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द गरेको छ । सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो । आजको गोरखापत्रको सूचना प्रविधिु पृष्ठमा यो खबर छापिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनीयाँ सांसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले यस्तो जानकारी दिएका हुन् । उनले अन्य […]

फोब्र्सको सूचीमा सलमान खान अगाडि

फोब्र्सको सूचीमा सलमान खान अगाडि

काठ्माडौं, पुष ११ ।  हालै जारी गरेको सूचीका अनुसार सलमान खान २०१७ मा अरु सबै बलिउडकर्मीको भन्दा बढी कमाइ गर्ने फोब्र्सको सूचीले देखाएको छ । यसपटक उनले  भारु २ सय ३२ करोड आर्जन गरेर आफुलाई बलिउडको सुल्तान सावित गरेका छन ।  फोर्ब्सले टप १०० सेलिब्रेटीमा सलमानको नाम राखेको छ । सर्वाधिक कमाई गर्ने बलिउड सेलिब्रेटीको दोस्रोमा छन्, शाहरुख खान […]

नेइमार रियल मड्रिड जाने तरखरमा

नेइमार रियल मड्रिड जाने तरखरमा

  काठ्माडौं, पुष ११ । नेइमार रियल मड्रिडसँग अनुबन्धको सम्झौताका लागि तयार भएको र उनी अब चाँडै नै ला लिगामा फर्किने तयारीमा रहेको स्पेनिस पत्रिकाले दाबी गरेका छन् । ब्राजिलियन स्टार नेइमारले यहि सिजन विश्वकीर्तिमानी मूल्यमा ला लिगा क्लब छोडेर फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन पिएसजी गएका हुन् । तर पछिल्लो समय उनी पिएसजीमा खुशी […]

माओ सेतुङको १२५ औँ जन्मजयन्ती नेपालमा मनाइँदै

माओ सेतुङको १२५ औँ जन्मजयन्ती नेपालमा मनाइँदै

  काठमाडौं, पुस ११ । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापकमध्येका एक माओ सेतुङको १२५ औँ जन्मजयन्ती नेपालमा मंगलबार विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । १८९३ डिसेम्बर २६ मा जन्मेका माओले कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन। नेकपा माओवादी केन्द्र लगायतका माओवादी पार्टीहरुले देशभर विभिन्न कार्यक्रम गरेर माओ जयन्ती मनाउँदैछन् । माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा […]

दक्षिण कोरियाको एक व्यापारिक भवनमा आगलागी हुँदा २९ को मृत्यु, २६ जना घाइते

दक्षिण कोरियाको एक व्यापारिक भवनमा आगलागी हुँदा २९ को मृत्यु, २६ जना घाइते

काठमाडौं, पुस ७ । दक्षिण कोरियाको जोसेन सहरमा रहेको एउटा भवनमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने २६ भन्दा बढी घाइते भएका छन् । राजधानी सोलदेखि झण्डै १ सय ७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो । आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट […]

उत्तर कोरियाले साइबर हमला गरेको अमेरिकाको आरोप

वासिङटन, पुस ४ । यस वर्षको शुरुवातमा अस्पताल, व्यवसायदेखि बैंकहरुलाई प्रभावित पारेको ‘वानाक्राई’ मालवेर हमलाका लागि उत्तर कोरिया जिम्मेवार भएको अमेरिकी प्रशासनले ठहर गरेको छ । उक्त साइबर हमलामा १५० देशका ३ लाखभन्दा बढी कंप्यूटर प्रभावित हुनका साथै अर्बौँ डलरको नोक्सानी भएको थियो । वाल स्ट्रीट जर्नलसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी थोमास […]

अस्ट्रेलियामा पक्राउ परेका व्यक्ति उत्तर कोरियाको ‘वफादार एजेन्ट’

सिड्नी, पुस ३ । अस्ट्रेलियाको सिड्नी शहरमा एक व्यक्ति कथितरुपमा उत्तर कोरियाको लागि काम गरेको आरोपमा पक्राउ परेका छन् । अस्ट्रेलियाको फेडरल प्रहरीको दाबी छ, पक्राउ परेका व्यक्ति उत्तर कोरियाको ‘आर्थिक एजेन्ट’ का रुपमा काम गरिरहेका थिए । ५९ वर्षीय चान हान चोईमाथि अस्ट्रेलियाबाट अवैद्य निर्यातको सौदाबाजी गरेको र व्यापक विध्वंशक हतियारको आपूर्तिसँग जोडिएको छलफलमा […]