राशिफल – Horoscope

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। वादविवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। आलस्यले काम समयमा सम्पादन […]

बल्खुको बयोधा अस्पताल र बाँसबारीको न्यूरोलोजिकल इन्स्टिच्युटमा पनि कैफियत

काठमाडौं, मंसिर २८ । काठमाडौंको बल्खुस्थित बयोधा हस्पिटल र बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाईड साइन्सेज प्रालिमा कैफियत भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा कैफियत फेला पारेको हो । विभागका निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार बयोधा हस्पिटलमा १३ प्रतिशत भ्याट लिएको, १० प्रतिशत नर्सिङ सर्भिस चार्ज लिएको फेला परेको […]

१२५ बिरामीले गराए निःशुल्क मृगौला प्रत्यारोपण

काठमाडौं, मंसिर २६ । सरकारले मृगौला प्रत्यारोपण नि शुल्क गरेसँगै अहिलेसम्म १ सय ५० जनाले मृगौला प्रत्यारोपण गराएका छन् । सरकारले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरबाट मृगौला प्रत्यारोपण सेवा लिन सकिने व्यवस्था गरेको छ । वीर अस्पतालमा अहिलेसम्म २५ जनाले मृगौला प्रत्यारोपण गराएको अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले बताए । […]

नेपालमा झण्डै ४० हजार बालबालिका एचआईभी–एड्स संक्रमित

काठमाडौं, मंसिर २६। नेपालभर एचआईभी एड्स संक्रमित बालबालिकाको संख्या ३९ हजार ३ सय ५२ पुगेको तथ्यांक सार्वजनिक भएको छ । यो संख्या गत वर्षसम्मको हो । आर्थिक वर्ष २०७१–७२ सम्म ३९ हजार २ सय ४ संक्रमित बालबालिका रहेकोमा एक वर्षको अवधिमा १४८ जना थपिएका छन् । १४ वर्षसम्मका १ हजार ५ सय ८९ एचआइभी संक्रमित […]

बिरामीको आक्रमणमा परेर झण्डै गएन डाक्टर र नर्सको ज्यान

काठमाडौं, मंसिर १९ । सोमवार साँझ ६ बजे भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन्। अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी आक्रमण भएको थियो। आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन्। डक्टर्स सोसाइटीकी महासचिव तोसिमा कार्कीका अनुसार डा […]

मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु

मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु

मुगु, मंसिर १७ । मुगुमा भाइरल ज्वरोका कारण एक सातामा १२ जनाको मृत्यु भएको छ । अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ । ‘जिल्लाका सबैजसो गाउँमा फैलिएको रुघाखोकी, निमोनियाँ र भाइरल ज्वरोका कारण बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना […]

प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा

कञ्चनपुर, मंसिर ७ । कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन र नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारले दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाउने चुनावी एजेण्डा बनाएका छन् । वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा दीपक प्रकाश भट्टले स्वास्थ्य केन्द्रलाई ५० श्ययाको अस्पताल बनाउने एजेण्डा अघि सार्नुभएको हो । वाम गठबन्धनको सबै स्थानीय […]

मिर्गौला रोगीलाई इजरायलबाट सहयोग

चितवन,मंसिर १ । अर्थ अभावले तीन बर्ष बित्दासमेत मिर्गौलाको प्रत्यारोपण गर्न नसकेका चितवनको भरतपुरका एकजना मिर्गौला रोगीलाई इजरायलबाट रु एक लाख ८० हजार सहयोग प्राप्त भएको छ । भरतपुर महानगरपालिका–११ भोजाडका ५६ वर्षीय मनबहादुर गुरुङको उपचारका लागि यसरी सहयोग आएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेको ३ वर्ष बित्दासमेत अर्थ अभावका कारण उहाँको मिर्गौला […]

अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु

बाबियाचौर, कात्तिक २८ । त्यधिक रक्तस्रावका कारण यहाँ एक सुत्केरीको आइतबार मृत्यु भएको छ । धौलागिरि गाउँपालिका– ४ खिवाङकी २३ वर्षीया शर्मिला रसाइलीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो । बिहान घरमै सुत्केरी भएकी रसाइलीलाई साल अड्किएपछि ताकम स्वास्थ्यचौकीमा पु¥याइएको थियो । ताकम स्वास्थ्यचौकीमा साल झिकिए पनि उनको शरीरमा रगतको कमी भएपछि दरवाङ प्राथमिक स्वास्थ्य […]

जुम्लाको आँखा शिविरमा १ सय ७६ जनाको शल्यक्रिया

जुम्ला, कात्तिक २८ । यही कात्तिक २४ देखि २७ गतेसम्म जुम्ला खलंगामा सञ्चालन भएको चारदिने आँखा शिविरमा १७६ जना आँखाका रोगीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल नेत्र ज्योति संघको आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको आयोजनामा १७६ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको हो । आँखा अस्पताल, पोखराका मेडिकल निर्देशक डा […]

1 2 3 5